काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा प्रकरणमा अदालतलाई निरीह बनाउने अर्को षड्यन्त्रमा सरकार लागेको छ । आफूभन्दा १६ महिना जुनियरलाई प्रहरी संगठनको प्रमुख (आईजीपी) बनाएर आफूमाथि अन्याय गरेको भन्दै अतिरिक्ति प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल न्याय खोज्न अदालत पुगेपछि सरकारले विभिन्न संयन्त्र प्रयोग गरेर अदालतलाई प्रभावित पार्ने काम गरिरहेको बुझिएको छ । पोखरेलको मुद्दामा पराजित हुने…