युक्रेनका लागि ९९ करोडको सहायता प्याकेज तयार पार्दै अमेरिका

वासिङ्टन डीसी । अमेरिकाले युक्रेनलाई दिन करिब ९९ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज तयारी पार्दैछ । रुससँग जारी लडाइँमा सघाउन अमेरिकाले शनिबार रकेट, ड्रोनसमेतका नयाँ हातहतियार र उपकरणहरू गरेर ९८ करोड ८० लाख डलरको सहायता प्याकेज सार्वजनिक गरेको थियो । यो प्याकेज अमेरिकाको सञ्चिति हातहतियारबाट झिक्नुको सट्टा उद्योगसँग किनेर युक्रेनलाई हतियार सहायता दिने भनेर…