प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार छैटौं जीत

रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ । रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको ९४ रनको लक्ष्य पुलिसले २ सय ४ बलअघि नै ३ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए ।…