काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल तोकिएकै समयमा हुने बताएको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आउँदो भदौ २१ र २४ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने एन्फाले बताएको छ । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण…