बी डिभिजन लिग : च्यासल र टुसालले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब र श्री टुसाल युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ३०औँ मिनेटमा अनिल बोम्जनले च्यासललाई अग्रता दिलाए । ९०औँ मिनेटमा प्रदीप सुनारले टुलासका निम्ति बराबरी गोल फर्काए । बराबरीसँगै…