काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिपमा नेपालको लिग विजेता एपीएफ क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई हराएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले कराँची सिटी एफसीलाई १–० गोल अन्तरले हरायो । एपीएफका लागि रश्मीकुमार घिसिङले खेलको ५२औं मिनेटमा गोल गरिन् । यो जीतसँगै नेपाल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । एपीएफले…