काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो । नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर…