बार्सिलोना उपाधिको एक कदम टाढा, एस्पान्योलसँगको खेल निर्णायक

काठमाडौं । बार्सिलोनाले आज राति एस्पान्योलसँग खेल्नेछ । यो खेल जिते लालीगा उपाधि पक्का हुनेछ । खेल नेपाली समय अनुसार राति १:१५ बजे आरसीडीई स्टेडियममा हुनेछ । बार्सिलोना र एस्पान्योलबीचको आजको खेल लालीगाको उपाधि निर्धारण गर्ने मोडमा पुगेको छ । हाल बार्सिलोनाले ३५ खेलमा ८२ अंक बनाइसकेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले ३६ खेलमा…