काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा ओमानले नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए…