नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेर समूह विजेता बन्यो । नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो । गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो…