काठमाडौं । घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । क्रिस्टचर्चमा आज भएको पाँचौँ तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ३३ रनले हराउँदै दक्षिण अफ्रिकाले ३–२ ले शृङ्खला जितेको हो । दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका बेभोन…