अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इयान हार्भेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आगामी टी–२० विश्वकप तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै अनुभवी प्रशिक्षक हार्भेलाई टोलीमा समेटेको हो । टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन्…