महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई

काठमाडौं । फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो । कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत बनिन् ।…