लन्डन । न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको अग्रता बनाएको छ । आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले एक-एक गोल गरे । अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर…