काठमाडौं । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ । सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।…