पुलिसले शीर्ष स्थानकाे जावलाखेललाई हरायाे

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई हराएको छ । आज मङ्गलवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–१ गोलले हराएको हो । पुलिसका लागि मोसेस ग्याबाह र महमद हिजाजीले गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिस १५ अङ्कसहित…