युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले…