काठमाडौं । पाँचाैं तथा अन्तिम खेलमा घरेलु टाेली वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा क्लिन स्वीप गरेको छ । वेस्ट इन्डिजले दिएको १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे । अस्ट्रेलियाका मिचेल ओविनले सर्वाधिक ३७ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए…