काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै काठमाण्डू गोर्खाज प्लेअफ नजिक पुगेको छ । प्रतियोगिताका काठमाण्डूको यो चौथो जित हो । यता, चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच…