काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति विराटनगर किंग्सले दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसलाई ल्याएको छ । विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिसलाई सार्वजनिक गरेको हो । डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४…