टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै

काठमाडौं । अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि टप एन्ड टी–२० प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ । पहिलो खेलमा नेपालले स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग आज प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ । यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ…