काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो । नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो…