विराटनगर । नेपाली क्रिकेट टोलीका बलर ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तर्गत दिने भनिएको घर नलिने बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू परिवार बस्न सक्ने घर बनाउन सक्षम भएको भन्दै सरकारले उक्त घर वास्तविक रूपमा विपन्नलाई उपलब्ध गराउन आग्रह गरे। “म यसैपालि घर बनाउन योजनामा थिए, तर आमाको निधनका कारण बन्न सकेन,” राजवंशीले भने।…