काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका पदाधिकारी र सदस्यहरुले दुई वर्षका लागि एक लाख पचास हजार लेबी बुझाउनु पर्ने हुन्छ । २०२१–२३ को कार्यकालको लागि यो रकमको लेबी बुझाउनुपर्ने विधानमा व्यवस्था गरिएको छ । एनआरएनए उपाध्यक्ष तथा पूर्वमहासचिव डा. हेमराज शर्माका अनुसार लेबी नबुझाउनेहरु विधानतः मतदाता वा उम्मेदवार हुनबाट बन्चित हुन्छन् । नयाँ निर्वाचनको…