म्यानमारको अनलाइन स्क्यामिङ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार

काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी आज नेपाल पठाएको हो । थाइल्यान्डमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्ति अनुसार उनीहरू म्यानमारको म्यावाडी क्षेत्रमा रहेको श्वे कोक्को र…