ऊ असार पुत्री, म असार पुत्र । हाम्रो सम्बन्धको युगिन मिथक छ । हाम्रो जन्मकथाको आफ्नै विशेषता र विस्तृति अनेक छन् । असारको जीवनचक्र हुन्छ । हाम्रो पनि छ । असारको विछोड मंसिरमा हुन्छ । प्रत्येक मंसिरको जन्म असारमा हुन्छ । असार र वर्षाको जन्म असारमा भयो र प्रेमको पहिलो अङ्कुरण असारकै पूर्वसन्ध्यामा भयो ।…