आयातित छ,निर्देशित छनियन्त्रित छनिरीह र निकम्मा छप्रजा यहाँ, तन्त्र अन्यत्रशासित छर्लङ्ग शासक अदृश्यहिजो त्यही, आज उही शासक किन ?आफै शासित छगोटी झै चलिरहन्छछेपारा झै फेरिरहन्छनोकर झै नतमस्तक छसंधैं डराउँछ, लत्रिन्छ, झुक्दछ । ए शासककिचन क्याविनेट तोडठेकेदारको मोह छोडविचौलियाको वाचा फोरदलालको साङ्लो तोडजासुसको जालो फुटाउप्रभुको आदेश लत्याउमाटोको टिका लगाउजनताको आशिष लिउर, आफ्नो देश आफै चलाउ ।