सायद तीन महिना भो क्यार, मलाई यस तिहाड जेलमा सारेको तर यति दिन भो भनेर ठ्याक्कै भन्न पनि सक्दिनँ । यो काल कोठरीमा दिनरात छुट्टयाउन पनि मलाई गाह्रो छ । आठबाइ चारको यो अँध्यारो कोठामा ४० वाटको यही बत्ती नै मेरो घाम र जून हो । मलाई कसैसँग भेट्न दिइएको छैन । पत्रपत्रिका पढ्नबाट पनि…