एमालेका कारण संविधान संशोधन असफल भयो : रक्षामन्त्री खड्का

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रक्रिया आज पनि थाँती नै रहेको बताए । उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले…