दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : सांसद सिलवाल 

काठमाडौं । नेकपा एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् ।  प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा ध्यान…