प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ/नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक सन्देशमार्फत गाउँ/नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गरेका छन् । प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले…