काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन्। जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले जानकारी दिइन् । उनका अनुसार एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा…