निर्वाचन आयोगले संसद सचिवालयलाई गरायो नेकपा (एस) र लोसपा दल दर्ताको जानकारी

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले सचिवालयलाई जानकारी पत्र पठाउँदै नयाँ दलमा आबद्ध भएका सांसदहरुको सूची समेत पठाएको छ । आयोगले बुधवार एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एस) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर…