निर्वाचन आयोगले दलहरूलाई प्रतिबद्धतापत्रमा आज हस्ताक्षर गराउँदै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरूलाई आचारसंहितामा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धतापत्रमा आज मंगलबार हस्ताक्षर गराउँदै छ । छलफलका लागि ११:३० बजे आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने ६ वटा राष्ट्रियसहमति कुल ७९ वटा राजनीतिक दललाई आचारसंहितासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउन लागेको हो…