काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा आजदेखि शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भण्डारीको सदस्यता यो महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए । उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत…