काठमाडौं । बाराको सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यस दिन दिउँसो १ देखि बेलुका ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको आदेशमा उल्लेख छ । कर्फ्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि…