केन्द्रीय समिति बैठक : महाधिवेशनको मिति तोक्न डिला संग्रौलाकाे माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको मिति तोक्न माग गरेकी छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्नुपर्ने प्रस्ताव अघि सारेकी हुन् । उनले पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्ने बताइन् । उनले पार्टीभित्रको गुटबन्दीदेखि भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न…