काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले नेपाल प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेप हुन नदिने गरी प्रहरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रहरी प्रशासनलाई जनताप्रति जवाफदेही बनाउन सो सङ्गठनलाई कुनै पनि राजनीतिक हस्तक्षेप नभएको स्वतन्त्र छोडिदिनुपर्नेमा…