काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसी एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्नेतर्फ लाग्नुपर्ने बताएका छन् । आइतबार (असोज १२) बिहान पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र नेतृत्व परिवर्तनका निम्ति हस्ताक्षरको विषय सार्वजनिक भएको सन्दर्भमा कार्यकर्तामा अन्योलता सिर्जना भएको उल्लेख गरे । त्यसबारे केन्द्रीय समितिबाटै निचोड निकालिने उनले स्पष्ट…