काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा तानिएका छन्। आन्दोलनकै क्रममा उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा लेखेका स्टाटस सार्वजनिक भएपछि उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि प्रश्न उठेको हो। विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको समर्थन गर्दै राजनीतिक दलका नेताविरुद्ध निरन्तर अभिव्यक्ति दिएका थिए।…