काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनकै आग्रह भएको दाबी गरेको छ। मंगलबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो।’ उनले थपिन्, ‘नख्खु…