काठमाडौं । सामाजिक सञ्जाललाई निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । कांग्रेसको पदाधिकारी बैठकबाटै देउवाले ओलीलाई फोन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनका अनुसार पार्टीको निर्णयका सम्बन्धमा सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेका थिए । पार्टीको निर्णय जानकारी गराउँदै फिर्ता लिन आग्रह…