काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिका लागि आफू दोषी नभएको स्पष्ट पारेका छन्। प्रतिवेदनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले सुरुदेखि नै आफू दोषी देखिए कारबाही भोग्न तयार रहेको भनिरहेको बताएका थिए। उनले भने, ‘मैले दोष…