शिक्षकहरूको आन्दोलनले काठमाडौंको सबैभन्दा व्यस्त सडकमा यात्रुलाई सास्ती

काठमाडौं । काठमाडौंको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा पछिल्ला २० दिनदेखि यात्रुले सास्ती भोग्नुपरेको छ । विभिन्न माग राखेर शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलन शान्तिपूर्ण नै भए पनि हरेक दिन सडक प्रभावित हुँदै आएको छ । जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन्…