काठमाडौँ । सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अनुपस्थित भए। बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी र नेसपाका महेन्द्र यादव सहभागी भए। विपक्षी दलहरूले नेपाली कांग्रेस र एमालेले संकलन गरेको हस्ताक्षरपछि रणनीति बनाउन छलफल गरेका हुन्। उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग प्रस्ताव ल्याउने…