काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आगामी फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गर्नेछिन् । यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए…