काठमाडौं । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए । उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्नुपर्छ । हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ ।…