जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा लोकतन्त्र आउनुपर्ने बताएका छन् । मंगलबार मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताए । “जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फुल्नुपर्छ, फल्नुपर्छ । अनि मात्रै लोकतन्त्र अघि बढ्छ,” उनले भने । उनले प्रणाली देश र जनताको…