काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले निर्वाचन अघि महाधिवेशन सम्भव नरहेकोले वर्तमान सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने ठेकुवा गरेका छन् । विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था…