काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित नतिजाको सूक्ष्म विश्लेषण र समीक्षा प्रक्रिया सुरु गरेको छ । निर्वाचनमा अपेक्षा गरेबमोजिमको परिणाम हासिल हुन नसकेपछि केन्द्रीय कार्यालयले सबै तहका संरचना र उम्मेदवारहरूलाई हारका कारणसहितको विस्तृत प्रतिवेदन माग गर्दै विशेष परिपत्र जारी गरेको हो । पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप…